धनकुटा जेठ २० ,
सहिदभुमि गाउपालिकाको वडा नं ६ स्थित सुके आहालमा सञ्ंचालन भइरहेको बंगुर विकास कार्यक्रमको सार्वजनिकीकरण गोष्ठी सम्पन्न भएकोे छ । आर्थिक वर्ष २०७८ । ७९ मा बार्षिक स्वकृत कार्यक्रम अन्तरगत गाउपालिकाको वडा नं ६ मा बंगुर विकास कार्यक्रम संचालन भइरहेको छ ।
जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटा र नमुना कृषि तथा पशुपालन समुह सुकेहालका कृषहरुको साझेदारीमा बंगुर विकास कार्यक्रम संञ्चालन गरेको हो । जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाको २० लाख र कृषक समुहको ६ लाख ६७ हजार गरी जम्मा २६ लाख ६७ हजार बराबरको कार्यक्रम सञ्चालन भईरहेको छ ।
याे कार्यक्रम बाट कृषकले औषधि उपचार ,बंगुरको खोर निमार्ण , होडिङ्घ बोर्ड निमार्ण , बंगुर चारा खरिद तथा वितरण , उन्त जातका बंगुरको पाठा खरिद लगायतका कार्यक्रमका बारेमा गोष्ठिमा सार्वजनिक गरिएको थियो ।
कार्यक्रम नमुना कृषि तथा पशुपालन समुहका अध्यक्ष कृष्णा कुमारी राईको अध्यक्षता समपन्न भएको कार्यक्रममा गााउपालिका अध्यक्ष मनोज राई , वडा अध्यक्ष हेमकुमार राई , पशु सेवा विज्ञ केन्द्र धनकुटा लोक नाथ ढुङ्गाना लगायत कृषकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समुहका सचिव डम्बर कुमारी राईले गर्नु भएको थियो ।












