धनकुटा
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा नगरपालिका भित्र रहेको जलधार क्षेत्रमा ५० प्रतिसत भन्दा वढी खानेपानीको मुहानहरु सुकिसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
इसिमोडले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निवुवा–तांखुवा जलधार संरक्षण तथा व्यवस्थापनका लागी भएका योजनाहरुको वारेमा जानकारी दिन विहिवार हिलेमा आयोजना गरिएको कार्यक्रमको उद्धघाटन गर्दै प्रुमख तामाङले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा वोल्दै प्रमुख तामाङले भने–‘पहाडमा खानेपानीको समश्या निक्कै जटिल बन्दै आईरहेको छ ।’ यस्ले दिर्घकालिन रुपमा खानेपानीको जटिलता निम्त्याउँछ । पानी सुकेपछि खोलाको किनार तिर वसाँई सर्नुको भन्दा अरु उपाय नहुन सक्छ–तामाङले थपे । त्यसैले इसिमोड संग सहकार्य गरेर जलधार क्षेत्र र मुहान संरक्षणका कार्यक्रम ल्याएका छौं –उनले भने । हिलेमा पहिले हिले डाँडा र आसपासको क्षेत्रमा हिले आहाल, भैसी आहाल, वोक्सी आहाल जस्ता दर्जनौ पानी जम्मा गर्ने आहाल थिए । आजभोली त्यस्ता आहाल छैन्न । पहिलेका हाम्रा पुर्खाहरु धेरै वुद्धिमानी रहेछन्–भन्दै प्रमुख तामाङले भने–‘वैज्ञानिक ढंगले इसिमोडका विज्ञहरु सल्लाहानुसार सवै मिलेर मुहान संरक्षणको काम अगाडी वढ्नस पर्छ ।’
उनले भने–पहाडको जुनसुकै कुनामा आहाल वनाएर पुर्खाहरुले वस्तु भाउलाई पानी खुवाउथे । अहिले त्यो चलन हरायो र यहिबाट खानेपानीको समश्या शुरु भयो । ०७६ साल देखी इसिमोडसंग मिलेर निवुवा खोला र ताङखुवा खोला जलधार क्षेत्रको मुहान संरक्षणको लागी काम गरिरहेका छौं भन्दै प्रमुख तामाङले भने–‘यस्लाई सफल पार्न जलधार क्षेत्रका स्थानियवासी अलिक वढी जिम्मेवार हुनु पर्छ ।’ प्रमुख तामाङले हालसम्म निवुवा तांखुवा जलधार संरक्षण समिति र मुल आधार संरक्षण समितिले इसिमोडसंगको सहकार्यमा मुहान संरक्षण गर्ने कामको तयारीमा छौं । उनले मुहान संरक्षणको लागी समुदाय स्तरमा सचेतना जगाउन ध्वजेडाँडा मुल संरक्षण समिति, सुकेपोखरी जलधार संरक्षण समिति जस्ता समितिहरु मार्फत काम अघि वढाइएको बताए ।
त्यसैगरी छथरजोरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छत्रवहादुर सुब्बाले यस क्षेत्रमा आदिमकाल देखी रहेका खानेपानीको मुहान संरक्षण गरेर खानेपानीको समश्या समाधान गर्नु पर्नेमा जोड दिए । अध्यक्ष सुब्बाले जलवायू परिवर्तनका कारण खानेपानीका मुहान सुक्दै गएकाले संरक्षणको लागी इसिमोडसंग भैरहेको जलधार व्यवस्थापन कार्यक्रमको प्रशंसा गरे । उनले मुहान संरक्षण अभियानमा धनकुटा नगरपालिकासंग मिलेर इसिमोडका कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए ।
दुई दिने गोष्ठीको पहिलो दिन इसिमोडका वन पुनरउत्थान तथा जलवायू परिवर्तन विज्ञ नविन भट्टराईले निवुवा तांखुवा जलधार क्षेत्रका वारेमा हालसम्म भईरहेको योजनाको विस्तृत् जानकारी सहभागीलाई गराएका थिए । सो अवसरमा भट्टराईले ०७६ सालमा इसिमोडले योजना वनाउन शुरु गरे देखी चौथो तह पुरा भएर पाँचौं तह शुरु हुने चरणमा पुगेको जानकारी दिए । अर्का वाढी पहिरो विज्ञ एवंम इसिमोडका अनुशन्धान अधिकृत कृपा श्रेष्ठले जलधार क्षेत्रको भु–उपयोग गर्दा कृषि क्षेत्रमा कसरी गर्ने र बन क्षेत्रमा कसरी गर्ने भन्ने वारेमा सहजीकरण गरेका थिए । सो अवसरमा श्रेष्ठले जलधार क्षेत्रको जोखिमलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने वारेमा प्रष्ट पारेकी थिईन ।
त्यसैगरी भू–संरक्षण तथा जलधार व्यवस्थापन कार्यालय धनकुटाका सूचना अधिकारी एवं निमिक्त प्रमुख प्रकाश लावती लिम्वुले जलधार तथा मुहान संरक्षण क्षेत्रमा लगाईने वोट विरुवाका वारेमा जानकारी दिएका थिए । सो अवसरमा उनले जलधार व्यवस्थापन कार्यालय धनकुटाले आ.व.०७८÷०७९ मा संचालन गरेका विभिन्न भू–संरक्षण तथा पहिरो नियन्त्रणका विविध कार्यक्रमको वारेमा पनि जनप्रतिनिधिहरुलाई सुझाएका थिए ।
त्यसैगरी इसिमोडका अर्का जलवायू परिवर्तन विज्ञ प्रधुम्न राणाले जलधार र मुलआधार संरक्षण समितिलाई कसरी क्रियाशिल राख्न सकिन्छ भनेर सुशासन र मोडालिटीका वारेमा सहजीकरण गरेका थिए । अर्का जलधार विज्ञ माधव ढकालले जलधार क्षेत्रको मुहान संरक्षणलाई के कस्ता कृयाकलाप मार्फत संरक्षण गर्न सकिन्छ भन्ने वारे तहगत रुपमा विस्तिृत् जानकारी गराएका थिए । सो अवसरमा उनले चौथो तहसम्मका क्रियाकलाप सम्पन्न भैसकेको र पाँचौ तहको कृयाकलापको लागी फिल्डै गएर पानी कसरी उत्पादन गर्न सकिन्छ भन्ने वारे सहजीकरण गरेका थिए ।
धनकुटा नगरपालिकाका प्रमुख एवंम निवुवा–तांखुवा महान संरक्षण समितिका संयोजक चिन्तन तामाङको अध्यक्षतमा सम्पन्न २ दिने गोष्ठीको उद्धघाटन सत्रमा छथर जोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुपू प्रसाद आचार्यले कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए । उद्धघाटन कार्यक्रममा धनकुटा नगरपालिकाका उप–प्रमुख भिमा देवी खनाल, प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापा, योजना संचालन क्षेत्रका वडाध्यक्षहरु जम्शेर छारा, ओङदा थिङ, कृष्ण मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले गरेका थिए ।
गोष्ठीको दोश्रो दिन छथरजोरपाटी गाउपालिकामा पर्र्नेे ध्वजेडाँडा मुहान संरक्षण तथा जलाधार क्षेत्रमा गएर सहभागीहरुलाई तालिम आयोजना गरिने वताइएको छ । तालिममा जलधार क्षेत्रमा पानीको मुहान संरक्षण कसरी गर्ने, सुख्खाग्रस्त क्षेत्रमा पानीको मुल कसरी फुटाउने लगायतको वारेमा तालिम दिईने इसिमोडका विषय विज्ञ नविन भट्टराईले बताए ।












