धनकुटा
नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले गठबन्धन लाई प्रदेश र संघको निर्वाचन सम्म निरन्तरता दिनु पर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस धनकुटाले आज धनकुटामा आयोजना गरेको गठबन्धनको तर्फ बाट स्थानियतह निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरु लाई शुभकामना तथा बधाई कार्यक्रमा बोल्दै आङ्देम्बेले यस्तो बताउनु भएको हो । उहाँले सिद्धान्तनमिल्ने शतिmहरु देश र जनताको भलाईका लागि एक ठाउँमा आएको बताउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रवृतिको अन्तका लागि र देशको संविधान र व्यावस्था जोगाउनका लागि गठबन्धन लाई निरन्तरता दिनु आजको आवश्यता रहेको बताउनुभयो ।

उहाँले कांग्रेसले मात्र देश लाई निकास र विकास दिने जनताले बुझेकाले संसदमा कमजोर रहेको अवस्थामा स्थानियतहको निर्वाचनमा सबै भन्दा धेरै स्थान जिताएर थप जिम्बेवारी दिएको समेत बताउनु भयो । नेपाली कांग्रेस धनकुटाले गठबन्धनबाट विजय भएका सातै पालिकाका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय