धनकुटा
आत्मा साक्षि राखि,मन वचन र कर्मले सहयोग गरौ भन्ने मुल उद्येश्य राखेर धनकुटामा दुर्गा लक्ष्मी परोपकार संस्था को शुभारम्भ भएको छ ।
धनकुटामा केन्द्रिय कार्यालय रहने गरि शुभारम्भ भएको उक्त परोपकार संस्थाको उद्घाटन प्रदेश १ का भुमी व्यवस्था,शहरी तथा गरिवि निवारण मन्त्रि ओमप्रकास सरावगीले गर्नुभयो । परोपकार संस्थाको उद्घाटन गर्नु हुदै मन्त्रि सरावगीले यस्ता खालका सस्थाहरुले विना भेदभाव सामाजिक सेवामा लाग्नु पर्नेमा जोड दिनुभयो । निस्वार्थ भावानाले काम गर्न सके सबैको मन जित्न सकिने हुँदा सस्थाले राखेको नारा जस्तै काम गर्न सुझाव दिनुभयो ।

देश भरि आफनो शाखा स्थापना गरि स्वास्थ्य सम्बन्धि सम्पूर्ण काम गर्ने उद्येश्यले स्थापना भएको दुर्गा लक्ष्मी परोपकार संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ (इश्वर) ले जानकारी दिनुभयो । विद्धाश्रम, अनाथ आश्रम, पिछडा वर्ग तथा वालवालिकाका क्षेत्रमा भएका स्वास्थ्य सम्बन्धि समस्यालाई समाधान गर्न विषेश पहल गर्ने उहाँले जानकारी गर्नुभयो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग,महालक्ष्मी नगरपालिकाका प्रमुख धुब्रराज राय, पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ्घ, छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुव्बा लगायतले शुभकामना दिनुहुदै सस्थाले नाम जस्तै निस्वार्थ भावानाले काम गर्नुपर्नेमा समेतजोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय