धनकुटा जेठ २४
धनकुटामा जिल्ला समन्वय समिति गठनका लागि आज मंगलबार उम्मेदवारी मनोनय दर्ता कार्य सम्पन्न भएको छ ।
स्थानिय तहको निर्वाचनबाट गाँउपालिका र नगरपालिकको नेतृत्व चयन गरे सँगै जिल्लामा जिल्ला समन्वय समिति गठनको प्रक्रिया सुरु भएको छ ।
जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमाले जिल्ला कमिटी धनकुटाले प्रमुख ,उपप्रमुख सहित ९ जनाको उम्मेदवारी मनोनयन दर्ता गरेकाछन् ।
जस अनुसार जिल्ला समन्वय प्रमुख पदका लागि निरेन तामाङ्ग र उपप्रमुख पदका लागि साबित्रा राईले उम्मेदवारी दर्ता गरेको छ । त्यस्तै गरी सदस्यहरुमा रविन्द्र न्यौपाने ,बालकुमारी रुचाल ,इन्दिरा याखा ,नेत्र भण्डारी ,टिकाराम मगर ,सिता भण्डारी र कमल कुमारी लिम्बू रहेकाछन् ।

यस्तै नेपाली काङग्रेस जिल्ला कमिटी धनकुटाले जिल्ला समन्वय समिति गठनका लागि प्रमुख ,उपप्रमुख सहित ९ जनाको उम्मेदवारी दर्ता गराएकाछन् । प्रमुख पदमा हर्क चेम्जुङ ,उपप्रमुख पदमा मन्जु कार्कीले उम्मेदवारी दर्ता गराएको छ । सदस्यहरुमा विमला राई ,डम्बरकुमारी अधिकारी ,सरीता खत्री भण्डारी ,सुस्मा गुरुङ,कुशुम जोशी श्रेष्ठ ,सुनिल कुमार मगर र दुर्गा दर्जी रहेकाछन् ।
जिल्ला समन्वय समिति गठनका लागि आउने जेठ २८ गते निवार्चन हुदै छ । जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख चुनिनका लागि गाँउपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउने नियममा व्यवस्था रहेको छ । जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुनेछन् । जिल्लाको सात स्थानिय तहका प्रमुख उपप्रमुख गरी जम्मा १४ जनाले मत दिन पाउने छ । अन्य सदस्यहरु प्नि प्रमुख र उपप्रमुख जस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था रहेको छ ।












