धनकुटा जेठ २५ ,
आज काेशि राजमार्ग अन्तरगत धनकुटाकाे निगालेमा बस संग मोटर साईकल ठाेक्किएर दुर्घटना हुदा एकजना घाइते भएकाे छ । धनकुटा देखि खादबारी जादै गरेको को १ ख ३२ ४२ नमवरको यात्रु बस संग विपरित दिशाबाट आउदै गरेको को ३८ प ५९ ३० नम्वरको मोटरसाइकल ठोक्किदा मोटर साइकल चालक पाख्रीबास नगरपालिका वडा नं ४ बस्ने वर्ष ३० का प्रेम थापा घाइते भएको हिले प्रहरी चौकीका वरिष्ठ हवलदार गणेश थापाले जानकारी दिनु भएको छ ।
घाइते थापालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको हिले प्रहरी चौकीले जनाएको छ । घाइते थापाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटर साइकल , बस र बसका चालक धनकुटाको छथरजोरपाटी गााउपालिका वडा नं ५ का यगेन्द्र बहादुर लिम्बू प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटना प्रहरीका अनुसार विपरीत दिशा बाट गईरहेकाे बाईक बस संग ठाेक्किदा अनियन्त्रित भएर दुर्घटना भएको जनाएको छ ।












