धनकुटा जेठ २५
धनकुटाको सहिदभुमि गाउपालिकाले अपाङ्गा भएका घरपरिवारलाइ व्यवसायिक बाख्रा पालन तालिम प्रदान गरेको छ । गाउपालिकाले अपाङ्गा रोकथाम तथा पुनरस्थापना कार्यक्रम अन्तरगत ५ दिने व्यवसायिक बाख्रा पालन तालिम प्रदान गरेको हो ।
गाँउपालिकाको सात वतै वडा का अपाङ्गा भएका ८ परिवारका १६ जना सहभागिलाई व्यवसायिक बाख्रा पालन समबन्धि तालिम प्रदान गरिएको गाँउपालिकाले जनाएको छ ।

तालिममा पशुशाखा प्रमुख नगेन्द्र पौडेल, रमित आले , हरिकुमार राईले प्रशिक्षण दिनु भएको थियो । तालिम करुणा फाउन्डेसन तथा सहिदभुमि गाउपालिकाको साझेदारीमा सञ्चालन गरेको हो , तालिमको समापन गाउपालिकाको स्वास्थय शाखा प्रमुख फकिर मोहमदको अध्यक्षतामा एक कार्यक्रमका बिच समापन गरिएको थियो ।












