धनकुटा ,
अहिले भईरहेकाे मुल्य वृद्धि विरुद्ध नेकपा एमाले नगर कमिटी धनकुटाले विराेध प्रदर्शन गरेको छ । नेकपा एमाले धनकुटा नगर कमिटीकाे आयाेजनामा मदनचाेकमा भेला भएको नेता कार्यकर्ताले मूल्य वृद्धि विरुद्ध चर्काे नारावाजी गर्दै धनकुटा बजारको विभिन्न भागको परिक्रमा गरेका थिए ।
बजार परिक्रमा पश्चात् भिमनारायण चाेकमा काेणसभा गरेका थिए । नगर अध्यक्ष अर्जुन छाराहाङकाे अध्यक्षता भएको र्यालि तथा जुलुसलाई एमाले पार्टीका केन्द्रीय सल्लाहकार परिषद सदस्य गाेपाल गुरागाई ,प्रदेश कमिटी सदस्य उज्वल किराँती लगायतका नेताहरुले सम्बाेधन गरेका थिए । सम्वाेधनका क्रममा खाधयन्न अभाव , खाने तेलको मुल्य वृद्धि , भ्रष्टाचार , मलविउ , पाठयपुस्तक अभाव , र पेट्रोलियम पदार्थको मुल्य वृद्धि वर्तमान सरकारले तत्काल नघटाए एमालेले देशव्यापी रुपमा शसक्त्त आन्दोलन गर्ने चेतावनी दिएकाछन, ।
बिरोध र्यालीमा ‘मूल्यबृद्धि फिर्ता गर’,‘किसानलाई मल तत्काल उपलब्ध गर’,‘परमादेशी गठबन्धन सरकार मूर्दावाद’ जस्ता नारा लगाएका थिए । विराेध प्रदर्शनमा पार्टीका जनवर्गीयसंगठन प्रमुख , विघार्थि , युवाको सहभागी रहेको थियोे ।












