धनकुटा जेठ ३०
जिल्ला समन्वय समितिका प्रमुख, उप–प्रमुख एवं सदस्यहरुलाई तिनै तहको सरकार र पालिकाहरुसंग प्रभावकारी ढंगले समन्वय गर्दै अघि वढ्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।

नवनिर्वाचित जिल्ला समन्वय समिति धनकुटाका पदाधिकारीहरुको सफत, स्वागत तथा पदवहाली समारोहमा वोल्ने वक्ताहरुले सोमवार यस्तो सूझाव दिएका हुन ।  समारोहका प्रमुख अतिथि प्रदेस सभा सदस्य एवं  न्याय प्रशासन तथा  विघायन समितिका सभापती इन्द्रमणी पराजुलीले जिल्ला समन्वय समितिले तिनै तहको सरकार र पालिकाहरुसंग आवश्यक समन्वय गरेर अघि वढ्नु पर्नेमा जोड दिनुभयाे  । जिल्ला समन्वय समिति धनकुटामा नेकपा एमालेको एक्लौटी समन्वय समिति गठन भएकोमा खुशी व्यक्त गर्दै पराजुलीले भने–‘समितिमा निर्वाचित भएर आएका सम्पुर्ण पदाधिकारी एवं सदस्यहरुले जिम्मेवार भएर काम गर्नु पर्छ ।’

त्यसैगरी पुर्व सांसद एवं नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य गोपाल गुरागाँईले जिल्लाको सातै तहसंग समन्वय गरेर अघि वढ्न सूझाव दिनु भयो  । उहाले  अघिल्लो स्थानिय तहको निर्वाचनमा धनकुटा जिल्लाको सात वटै स्थानिय तहमा नेकपा एमालेको वर्चश्व रहेको स्मरण गराउनु भएको थियोे  । गुरागाँईले यस पटकको स्थानिय तहको निर्वाचनमा भने अहिले केही पालिकाहरुमा पद वाँडिएकाले सवैसंग समन्वय गरेर अघि वढ्न पदाधिकारीलाई सूझाव दिनु भयो  ।

समारोहमा प्रदेश सभा सदस्य निरन राईले नेपालको संविधान–०७२ ले नै समन्वय समितिको काम, कर्तव्य र अधिकारका वारेमा जिम्मेवारी तोकिदिएकाले सोही वमोजिम समन्वय सहकार्य गर्दै अघि वढ्न सुझाव दिए । निवर्तमान समन्वय प्रमुख टंक चौहानले धनकुटा जिल्लामा भएका जति पनि विकास निर्माणका योजनाहरुको स्थलगत रुपमा अनुगमन गर्ने अधिकार जिल्ला समन्वय समितिसंग रहेको जानकारी गराए ।
त्यसैगरी जिल्ला समन्वय समितिका समन्वय अधिकारी जीतमान जिमीले समारोहमा सहभागीहरुलाई स्वागत मन्तव्य राख्दै अघिल्लो समन्वय समिति र पालिकाहरु विच जुन ढंगको समन्वय हुनु पर्दथ्यो त्यो नभएको गुनासो गरे । जिमीले भने–‘अहिलेको नयाँ समन्वय प्रमुखले पहिलेको भन्दा राम्रो सम्वन्ध राखेर सवैसंग समन्वय गर्नु पर्दछ ।’

नवनिर्वाचित समन्वय समिति धनकुटाका प्रमुख निरेन तितुङ तामाङले उप–प्रमुख सावित्रा राई र अन्य समितिका सदस्यहरुलाई छुट्टाछुट्टै पद तथा गोपनियता सफत ग्रहण गराए । प्रमुख तामाङले आजै समन्वय प्रमुखको पदभार समेत ग्रहण गरेका छन् । निवर्तमान जिल्ला समन्वय प्रमुख टंक चौहान समन्वय अधिकारी जीतमान जिमिले फूलको गुच्छाले स्वागत गर्दै नवनिर्वाचित जिल्ला समन्वय प्रमुख तामाङलाई स्वागत गर्दै पदभार ग्रहण गराएका थिए ।

त्यसैगरी उप–प्रमुख सावित्रा राईले पनि सो अवसरमा पदभार ग्रहण गरेका थिए । निवर्तमान उप–प्रमुख वंगला राईले फूलको गुच्छाले स्वागत गर्दै पदभार ग्रहण गराएका थिए । नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतामा सम्पन्न सफत ग्रहण, स्वागत तथा पदवहाली समारोहमा प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेल, सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई, जनता समाजवादी पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष पार्वती राई, धनकुटा नगरका निवर्तमान उप–प्रमुख शकुन्तला वस्नेत,आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामा, राष्ट्रिय भूमी आयोगका जिल्ला अध्यक्ष बलवहादुर राई लगायतले शुभकामना अन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय