धनकुटा जेठ ३१
धनकुटामा जारी अन्तरपालिका स्तरिय शहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटवल प्रतियोगीताको फाईनल खेल आज हुदै छ । फाइनल खेलमा धनकुटा नगरपालिका र चौविसे गाउँपालिकाको फुटवल टिम बिच प्रतिस्पर्धा हुनेछ ।
शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको प्रतियोगीताको तेश्रो दिन भएको सेमीफाइनलको पहिलो खेलमा सोमबार धनकुटा नगरपालिकाले छथरजोरपाटी गाउँपालिकाको फुटवल टिमलाई ४–० गोलका अन्तरले पराजित गर्दै धनकुटा नगरपालिका फाईनलमा पुगेको हो ।
धनकुटाले पहिलो हाफमा १ गोल गरेको थियो भने दोश्रो हाफमा धनकुटा नगरपालिका फुटवल टिमका जर्सी नंं.५ की अनिता लम्जेलले ह्याट्रिक गरेर आफ्नो टिमलाई ४–० को फराकिलो गोल अन्तरले फाईनलमा पु¥याएकी थिईन ।
त्यसैगरी चौविसे गाउँपालिका र सहिदभूमी गाउँपालिका विच सोमवार भएको दोश्रो सेमीफाईनल खेल निर्धारित समयमा बरावरीमा टुङ्गिएको थियो । दुवै टिम निर्धारित समयमा वरावरीमा टुङ्गिए पछि पेनाल्टी सुटआउट (ट्राईव्रेकर) मा पनि वरावरी नै भएको थियो । अन्त्यमा, सडनडेथमा चौविसे गाउँपालिकाले सहिदभूमी गाउँपालिका टिमलाई ४–३ को अन्तरले पराजित गर्दै चौविसे गाउँपालिका फाुटवल टिम फाईनलमा पुगेको हो ।
मंगलवार (आज) हुने फाईनल खेल अपरान्ह १ वजे देखी शुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगीतामा प्रथम हुने विजेता टिमले नगद ५० हजार, ट्रफी मेडल र प्रमाण्पत्र पाउने छने भने दोश्रो हुने फुटवल टिमले नगद ३० हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।












