धनकुटा असार ४
अनौपचारिक सेवा केन्द्र(इन्सेक) धनकुटाले मानवअधिकार वर्ष पुस्तक सन् २०२३ का लागि धनकुटामा वितेका ६ महिना भित्रभएका मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना सार्वजनिक गरेको छ ।
इन्सेकले नेपाल मानवअधिकार वर्षपुस्तक २०२३ अर्धवाषर््िाक पूर्व समिक्षा कार्यक्रमको आयोजना गरि ४८ जना विभिन्न घटना बाट पीडितभएको तथ्यांक सार्वजनिक गरेको हो । इन्सेक धनकुटाले सार्वजनिक गरेको प्रतिवेदनमा हत्या २, कुटपिट ४,धारिलो हतियार प्रहार ३,बलात्कार ८, बलात्कारको प्रयास १ र घरेलु हिंसा ३० जना रहेको छ ।

गतवर्ष भरिमा ५७जनापिडितभएकोमा यो वर्ष भने ६ महिनाको अवधीमा नै ४८ जना पिडित भएको हुँदा यो वर्ष मानवअधिकार उल्लङ्घनका घटना बढि हुनसक्ने अनुमान प्रतिवेदनमा उल्लेख छ । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल , प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठ , हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मिहरुको उपस्थिती रहेको इन्सेक धनकुटा प्रतिनिधि इश्वर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय