धनकुटा ।

धनकुटाको पाख्रिबास नगरपालिकाको नगरसभाको १० औं अधिबेशन बैठक स्थगित भएको छ ।

नगर प्रमुख ज्ञान बहादुर गुरुङले अधिबेशन अगाडि बढाउनु भन्दा अगाडि नगर कार्यपालिकाको कार्यपालिका सदस्य तथा वडा नं ३ का अध्यक्ष  तथा कार्यपालरािका सदस्य सराेज राईले उठेर विरोध गरेपछि स्थगित भएको हो ।

मस्यौदा समितिमा मार्फत कार्यपालिका बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमका एजेन्डा र विषयगत छलफल नगरी अनुमोदन गरिएको पाएको भन्दै , कसरी कुन बैठकबाट नीति कार्यक्रम अनुमोदन गरियो भन्ने प्रश्न गरेपछि कार्यपालिका सदस्यहरुले बहिष्कार गरेपछि नगर प्रमुख गुरुङले यहि असार १० गते बिहान १० बजे बैठक बस्ने गरि स्थगित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय