असार १७ ,

मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।

बिहीबार  दिउसो लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका ४ का २६ बर्षीय पवन घिमिरे र सुन्दरहरैचा नगरपालिका ६ का २७ बर्षीय बिजय राईलाई लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल, ऐभिल १२ ऐम्पुल सहित पक्राउ गरिएको हो ।

यसै गरी बिहिवार नै  १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा३५प २७१४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेको सुन्दरहरैचा नगरपालिका १२ का २० बर्षीय अभिषेक चौधरी र पछाडी सवार सुन्दरहरैचा नगरपालिका १२ कै १९ बर्षीय निशान गुरुङलाई NITRAVET-10 – ३० ट्याबलेट सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय