साउन ६ ,
सप्ताह व्यापी रुपमा २५ हजार विरुवा वृक्षारोपण गर्ने योजना निमार्ण गर्दै निबुवा–ताङखुवा जलाधार व्यवस्थापन समितिको योजना निमार्ण कार्यशाला गोष्ठि आज समपन्न भएको छ

धनकुटा नगरपालिका र छथरजोरपाटी गाउपालिकाको विभिन्न क्षेत्रमा रहेको जलाधार तथा मुलाधार क्षेत्रहरुमा ईसिमोड र धनकुुटा नगर , छथरजोरपाटी गाउपालिकाको साझेदारीमा पानीको मुहान सुक्न बाट जोगाउने जल संरक्षण हुने खालका विभिन्न प्रजातिका २५ हजार विरुवा रोपण गर्ने निर्णय गरिएको छ ।

सप्ताह व्यापि रुपमा साउन ११ गते देखि विरुवा रोपण कार्यको सुरुवात गरिन्ने निबुवा–ताङखुवा जलाधार व्यवस्थापन समितिका सयोजक तथा धनकुटा नगरपालिकाको मेयर चिन्तन तामाङले बताउनु भयो ।

योजना निर्माण गोष्ठिमा फेकोफन ,हुसाडेक,डिभिजन वन कार्यलय , खानेपानि उपभोक्ता समिति ,पटेप नेपालका प्रमुखहरु त्यस्तै गरी धनकुटा नगरपालिका ,छथरजोरपाटी गाउपालिकाका प्रशासकिय अधिकृत , योजना साखा प्रमुख, वातावरण शाखाप्रमुखहरुको सहभागिता थियो ।

गोष्ठिमा जलाधार मुलाधार संरक्षणका लागि आर्थिक वर्ष २०७९ ।०८० र आगामि ४ वर्ष सम्मको लागि गरिन्ने काम तथा योजना तथा औचित्यको विषयमा ईसिमोडका कार्यक्रम विषयगत कृपा श्रेष्ठ र नविन भट्राईले प्रकाश पार्नु भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय