धनकुटा

धनकुटाको महालक्ष्मी नगरपालिकामा नेकपा एमाले नगर कमिटीको आयोजनामा नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले आगामी मंसिरमा संघ र प्रदेशको निर्वाचनमा एमालेलाई बहुमतले विजयी हासिल गर्न सम्पूर्ण नेता कार्यकर्तालाई पार्टीले अघि सारेका काम तथा नीति सिद्धान्त जनतामाझ पुर्याउन आग्रह गरिएको छ ।

कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज राजेन्द्र राई , पार्टी अध्यक्ष ईन्द्रमणी पराजुली , पार्टीका जिल्ला सचिवालय सदस्य पर्शुराम नेपाल लगायत जिल्ला , प्रदेश स्तरीय नेताहरूले स्थानीयतह निर्वाचनको समिक्षा गर्दै , आगामी निर्वाचन ,पार्टीको समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए । भेलामा नगरको नेता कार्यकर्ताको उत्साहजनक उपस्थिति थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय