धनकुटा
धनकुटाको सहिदभुमी गाउँपालिका ३  मा सञ्चालित प्रथम छिन्ताङदेवी कप भलिवल प्रतियोगिताको जित भोजपुरको हतुवागढी गाउपालिकाले हाँसिल गरेको छ ।  उधाैलि उभाैलि तथा भदौरे पुर्णिामाकाे अवसरमा आयाेजित खुल्ला पुरुष प्रतियोगितामा  भोजपुरकै आमचोक गाउपालिका सँग फाईनलमा भिडेको हतुवागढीले वेष्ट अफ फाईभमा भएको खेलमा तीन खेल जित्दै नगद १ लाख पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । दोश्रो भएको आमचोक गाउँपालिकाले ५० हजार पुरस्कार पाएको वडा नं २ का वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभयो ।

प्रतियोगिता छिन्ताङदेवी युवा क्लवको आयोजनामा भएको हो । १ नं प्रदेशका प्रदेश सभामुख प्रदीपराज भण्डारीको प्रमुख आतिथ्य तथा क्लवका अध्यक्ष विशाल राईको अध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रममा प्रदेश सांसद निरन राई, गाउँपालिका अध्यक्ष मनोज राई, वड नं ३ का  वडाध्यक्ष हाेमनाथ राई  लगायत जनप्रतीनिधिहरुको उपस्थिती थियो । प्रतियो गितामा ८ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय