विश्वभरि प्रत्येक चार सेकेन्डमा एकजनाको मृत्यु भोकका कारण भइरहेको २०० वटा गैरसरकारी संस्थाहरूले मंगलवार चेतावनी दिएका छन् ।
बढिरहेको विश्वव्यापी भोकमरी संकट अन्त्य गर्नका लागि निर्णायक अन्तर्राष्ट्रिय कदम चालिनुपर्ने उनीहरूको भनाइ छ । संयुक्त राष्ट्रसंघको साधारणसभामा सहभागी हुनका लागि न्युयोर्क पुग्न थालेका विश्व नेताहरूलाई ७५ देशका २३८ संस्थाहरूले खुलापत्र लेखेका छन् । अक्सफ्याम, सेभ द चिल्ड्रेन र प्लान इन्टरनेसनल लगायतका संस्थाले भोकमरी बढिरहेको विषयमा चिन्ता व्यक्त गरेका हुन् । अहिले साढे ३४ करोड मानिस चरम भोकमरीको समस्यामा छन् अनि सन् २०१९ पछि यो संख्या दोब्बर बढेको छ,’ उनीहरूले विज्ञप्ति जारी गरेर बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय