असोज २०,

नेपाली कांग्रेसले जनता समाजवादी पार्टी जसपा छाडेर आएकी चन्दा चौधरीलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । पार्टी प्रवेश गरेको चार दिनमै असोज १६ गते कांग्रेसले चन्दालाई समानुपातिक उम्मेदवारको सूचीमा राखेको हो । असोज ३ गते निर्वाचन आयोगको पेस गरिएको समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनका क्रममा कांग्रेसले चन्दाको नाम पनि समावेश गरेको छ ।

यही असोज १२ गते जनता समाजवादी पार्टी जसपा परित्याग गरी कांग्रेस प्रवेश गरेकी चन्दाको नाम मधेसी महिलातर्फ तीन नम्बरमा रहेको छ । उनी सांसद बन्न निश्चित जस्तै छ । कांग्रेसले उनलाई सर्लाही ४ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने चर्चा थियो । तर चन्दा समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् ।​

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय