असोज २७

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुईतिहाइ बहुमत आउने दाबी गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले बिहीवार बीपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तर्क्रिया कार्यक्रममा उनले दुईतिहाइ बहुमत ल्याउनैका लागि गठबन्धन भएको बताए ।

संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसंख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको उनको भनाइ थियो ।

‘नेपालको संविधानको रक्षा र प्रतिगमन विरुद्धको लडाइँका लागि गठबन्धन आवश्यक परेको हो,’ वरिष्ठ नेता पौडेलले भने । उनले कार्यकर्तालाई अधिनायकवाद विरुद्ध लड्न गाउँगाउँमा पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको लामो संघर्ष, त्याग र बलिदानीले प्राप्त लोकतान्त्रिक अधिकारलाई समाप्त पार्ने खेलका विरुद्ध सत्तारूढ गठबन्धनका उम्मेदवारलाई विजय गराउन कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा तनहुँ क्षेत्र नम्बर १९२० का उम्मेदवार हरिबहादुर चुमानले गठबन्धनले जनताको अधिकार रक्षा गर्न सकेको उल्लेख गर्दै गठबन्धनकै नेतृत्वमा पुनः सरकार बनाउन चुनावी तालमेल गर्नुपरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय