धनगढीमा आज देखि शुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ किलोको माला लगाइएको छ । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका देउवालाई आयोजक कैलाली उद्योग बाणिज्य संघले विभिन्न १५ बुँदे माग राख्दै सांकेतिक स्वरुप १५ किलोको माला लगाएको हो ।

२०६३ सालमा २१ बुँदे मागबाट शुरु भएको महोत्सवमा अहिलेसम्म आइपुग्दा केही मागहरु पूरा भएकोले यस वर्ष प्रमुख अतिथिलाई १५ किलोको माला लगाइएको संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले बताए । संघले भारतसंग जोडिएको गौरिफण्टा नाका, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, गौरिफण्टादेखि चिनको मानसरोवर जोड्ने सडक, प्रर्दशनीस्थलको व्यवस्था, आईटी हब लगायतका माग रहेको संघका वरिष्ठ उपाध्यक्ष ओझाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय