धनकुटा ,
सुलभ बचत तथा ऋण सहकारी संस्था सिधुवाको १९ औं साधारण सभाबाट पुन अध्यक्षमा मेघेन्द्र गुरुङ निर्वाचित भएको छ । सहकारीको १९ औ साधारण सभामा भएको निर्वाचन बाट मेघेन्द्र गुरुङ ४३० मत प्राप्त गर्दै पुन सहकारीको अध्यक्ष पदमा बिजयी हुनु भएको हो । उहाँको प्रतिस्पर्धीहरु शिवकुमार श्रेष्ठ २ सय २७ र शेखर थापाले १२ मत पाएका थिए ।

यस्तै सचिवमा डिक बहादुर खड्का ३ सय ७४मत पाउदै सचिवमा विजयी हुनु भएको छ । प्रतिस्पर्धी दिबेश खड्काले २ सय ७० मत प्राप्त गरेको छ । कोषअध्यक्षमा भिमशंन्कर राजु अधिकारी ४ सय ४२ मत ल्याउदै विजयी हुनु भएको छ भने उनको प्रस्पिर्धी पदम भट्राईले १ सय ९८ मत पाएका थिए । अध्यक्ष सचीव र कोषाध्यक्ष पदमा चुनाव भएको थियो। ६८७ जनाले भोट लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय