मकवानपुरको हेटौँडामा छुरा प्रहारबाट एकजना युवक गम्भीर घाइते भएका छन् । वागमती प्रदेशको आर्थिक मामिला मन्त्रालयको गेटमानै हेटौँडा(५ का दालियल न्यौपानेमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

न्यौपानेलाई छुरा प्रहार भएको स्थल उच्च अदालत हेटौँडा, मालपोत कार्यालय मकवानपुर सहितका महत्वपूर्ण कार्यालय तथा प्रदेशको वन मन्त्रालयसमेत रहेको क्षेत्रबाट २० मिटरको आसपासमा मात्र पर्छ । नियमित प्रहरीको सुरक्षा घेरा रहने स्थलमा न्यौपानेमाथि दुईजना युवाले छुरा प्रहार गरे फरार भएका छन् । प्रहरी भएको स्थानबाट करिब १५(२० मिटरको दुरीमा उक्त घटना भएको प्रत्यक्षदर्शीको भनाई छ । तर प्रहरी भने भनाभन भएर छुरा प्रहार हुँदासम्म त्यहा नपुगेको बताइएको छ । घाइते न्यौपानेको हेटौँडाको सहकारी अस्पतालमा उपचार भैरहेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । छुरा प्रहार गरेर फरार रहेका ब्यक्तिको खोजिकार्य जारी रहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय