ताप्लेजुङ ,

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फूलबारी सिमलबोटेमा करेन्ट लागेर महिलाको  मृत्यु भएको छ ।
बाख्रा चराउन गएका बेला सिमलबोटेका ३९ वर्षीय सुखमाया श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बिहीबार अपराह्न बाख्रा चराउन गएकी श्रेष्ठ  घर नफर्किएपछि आज बिहान खोजी गर्दा मृत अवस्थामा फेला परेको हाे । जमिन छुने गरी लत्रेको बिजुलीको नाङगो तारबाट करेन्ट लागेर श्रेष्ठको ज्यान गएको स्थानीय बासिन्दाले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय