धनकुटा ,
धनकुटाको शहिदभुमि गाउपालिको आयोजनामा सञ्चालित तेस्रो पालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि श्री ठाकुरदेवी माध्यमिक विद्यालयले जितेको छ ।

आज आइताबार सम्पन्न प्रतियोगितामा विभिन्न खेल विधामा सबै भन्दा बढी स्वर्ण ८ रजत १ कास्य ५ पदक गरी १४ वटा पदक जित्दै श्री ठाकुरदेवी माध्यमिक विद्यालयलले तेस्रो राष्ट्रपति रनिङ सिल्डको उपाधि हात पारेको हो ।

यस्तै माघ २७ गते देखि तिन दिन सञ्चालन भएको पालिकास्तरीय छनौट प्रतियोगितामा स्वर्ण ४ , रजत ११ र काश्य ३ प्राप्त गर्दै श्री पञ्चकृष्ण मावि द्धितिय र ४ स्वर्ण ,७ रजत र ५ काश्य प्राप्त गर्दै टपुदेवि मावि तृतिय स्थान प्राप्त गरेको छ ।

प्रथम ,द्धितिय र तृतिय हुने विद्यालयलाई ट्रफी ,शिल्ड,मेडल ,प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा पालिका भित्रका १३ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता समापन कार्यक्रम गााउपालिकाको शिक्षा अधिकृत मनोज कुमार पौडेलको अध्यक्ष्ता एवम सहिदभुमि गाउपालिकाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

समापन कार्यक्रमका विशेष अतिथि गाँउपालिका उपाध्यक्ष रत्नश्वरी राई , वडाअध्यक्षहरु , विद्यदालयका प्रधानाध्यापक तथा शिक्षक ,विद्यार्थी ,कर्मचारीहरुको उपस्थिती रहेको थियो । खेलको निर्णायक भुमिकामा ऋषीराम पराजुली ,जुनु माया राई र अमित राइ रहनु एको थियो । सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो वितरण गरेका थिए । पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा पालिका बाट छनोट भएको टिमले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागीता जनाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय