धनकुटा ,
धनकुटाको हिले छिन्ताङ सडक खण्डबाट ४ सय केजी लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ छ । सहिदभूमि गाउँपालिका वडा नं ४ बाट प्रहरीले गाजा नियन्त्रणमा लिएको हो । को १ ज ३११८ नम्बरको पिक अप गाडीमा राखेर हिलेतर्फ ल्यााउदै गरेको अवस्थामा गस्तीमा खटिएको प्रहरीले उक्त परिणामको गाँजा फेला पारेको हो । पिक अप गाडीलाई नियन्त्रणमा लिई खानतलासी गर्ने क्रममा १५ वटा प्लाष्टिकको बोरा भित्र चार सय किलो गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यलय धनकुटाको सूचना शाखाले दिएको सूचना अनुसार गत शनिबार राती १० बजे हिलेतर्फ आँउदै गरेको पिक अपलाई प्रहरीको गस्ती टोलीले रोक्न खोज्दा हेडलाइट बन्द गरेर गाडी हुइँकाएपछि प्रहरीले शङ्का लागेर गाडीलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त परिणामको गाँजा फेला परेको हो ।
गाडी नियन्त्रणपछि फरार भएका गाडी चालक सहिदभुमि ४ का ३१ बर्षीय किरण राई लाईसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गाडी छोडेर भागेका चालक राईलाई बुधबार सुनसरीको इटहरी नगरपालिका वडा नं २ स्थित लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । उनी विरुद्ध धनकुटा जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय