धनकुटा,

धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न भएको छ । चार वटा निर्णय तथा प्रस्ताव सर्वसम्मत पारित गर्दै नगर सभा सम्पन्न भएको हो । नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भिमादेवी खनालले प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो । नगरका प्रवक्ता जम्सेर राईका अनुसार नगर सभाले बिनियोजन ऐन संशोधन गरेको छ ।

त्यस्तै, गत साउनदेखि हालसम्म नगर कार्यपालिकाले गरेका निर्णयहरुलाई पनि नगर सभाले अनुमोदन गरेको छ । सभाले संघ, प्रदेशबाट वा नगरको सञ्चित कोषबाट बजेट प्राप्त भएमा सञ्चालन गर्ने गरी १४ वटा योजना तथा कार्यक्रमलाई स्वीकृति दिने प्रस्ताव पनि पारित गरेको छ । नगर कार्यपालिकामा कार्यरत कर्मचारीहरुको तलबी प्रतिवेदन पनि नगर सभाले स्वीकृत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिनुभयो ।

नगर सभामा नगरप्रमुख, उपप्रमुख, १० वटै वडाका वडाध्यक्ष, वडा सदस्यहरु र कार्यपालिकाका सदस्यहरु सहभागि थिए । गत बैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो । निर्वाचनबाट नगरको दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरु चुनिएपछि गत असारमा धनकुटा नगरपालिकाको पहिलो नगर सभा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय