धनकुटा 
सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले सहदिभुमि गाउपालिका वाडा नं ६ स्थित रहेको ठाकुरदेवी माध्यमीक विद्यालयको नवनिर्मित चार कोठे भवनको उत्घाटन गर्नुभएको छ ।

ठाकुरदेवी माध्यमीक विद्यालयको ६८ औ वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मन्त्री राईले जिल्ला पुनरनिमार्ण प्राधिकरण बाट प्राप्त बजेट ६९ लाख ५० हजार ४ सय बराबर लागतमा निमार्ण गरिएको दुईतले चार वटा कोठा भएको भवनको उद्घाटन गर्नु भएको हो । भवन उद्घाटन गर्दै मन्त्री राईले सरकारले शिक्षा क्षेत्रमा दिएको पहिलो प्राथमिकता वमोजिम भवन निमार्णको काम भईरहेको बताउनु भयो । उहाँले शिक्षकहरुले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिनुपर्ने कुरामा जोड दिनु भयो ।


त्यस्तै गरी प्रदेश क संसंद निरन राई र प्रदेश ख संसद इन्द्रमणी पराजुलीले कार्यक्रममा बोल्नु हुदै शैक्षिक क्षेत्र सुधार तथा भौतिक पुर्वाधार निमार्णका लागि विद्यालयलाई आवाशयक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुदै विद्यालयलाई प्रगतिको शुभकामना दिनु भएको थियो ।
सोहि अवसरमा विद्यालयले कक्षागत प्रगतिको आधारमा कक्षा १ देखि १२ सम्मका ३६ जना विद्यार्थीलाई सम्मान गरेका थिए । त्यस्तै गरी अक्षयकोषबाट प्राप्त ब्याज ६० हजार बाट कक्षा ९ देखि १२ सम्मका ४६ जना विद्यार्थीलाई छात्रावृति प्रदान गरेका थिए ।

यस्तै गरी विद्यालयका जग्गा दाता मध्य बाट १ जना पदमश्वरी राई ,विद्यालयको पूर्व शिक्षक अभिभावक सघ अध्यक्ष रेवत रायमाझी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुभानसिहं राई र अक्ष्यकोषदाता ५ जना लाई सम्मान पत्र र मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप राईको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा गाउपालिका अध्यक्ष मनोज राई ,गाउपालिका शिक्षक शाखा प्रमुख , वडाहरु अध्यक्ष हेमकुमा राई , बम बहादुर राई , जनप्रतिनिधिहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , शिक्षक ,अभिभावक ,विद्यार्थीको उपस्थिति थियो । शिक्षक हस्त पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए भने साहयक प्रधानाध्यापक पदम भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय