धनकुटा ,

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको सातौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको सातौ जिल्ला सम्मेलन बाट तारा तितुङको अध्यक्षतामा ४६ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा निर्मला ईवाहाङ , रेखा चेम्जोङ, सचिव सावित्रा राई ,उपसचिव गोमा कार्की , र कोषाध्यक्ष सीता थापा पराजुली रहेको नेकपा एमाले जिल्ला पार्टी उपसचिव तथा जनसंगठन विभाग प्रमुख शिव आङलाले जानकारी दिनुभयो ।


निवर्तमा अध्यक्ष सिमा राईको अध्यक्षतामा सञ्चालित सातौ सम्मेलनको प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सचिव तथा प्रदेश १ ईन्चार्ज मेनुका काफ्ले , विशेष अतिथिहरु नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य जिल्ला सहईन्चार्ज सकुन्तला बस्नेत , केन्द्रीय सदस्य विनादेवी राई , पार्टीका जिल्ला अध्यक्ष ईन्द्रमणी पराजुली , प्रदेश कमिटी सदस्य यज्ञकुमारी रुचाल , अखिल नेपाल महिला संघका जिल्ला ईन्चार्ज रामकुमारी राई , अतिथिहरु प्रदेश कमिटी सदस्य जिल्ला कमिटी सचिवालय सदस्यहरु , नगर अध्यक्ष जिल्ला कमिटी सदस्यहरु , विभिन्न जनसंगठनका प्रमुख लगायतका अतिथिहरुको उपस्थित रहेको थियो । अखिल नेपाल महिला संघले महिला आन्दोलन अगुवाइ , समाज रुपानतरण परिवर्तनका लागि लगातार अभियानहरु सत्तचालन ,संवैधानिक व्यवस्थाहरु कार्यान्वयनका लागि खबरदारी गर्ने , पार्टीको हरेक कमिटीमा ३३ प्रतिशत महिला सहभागिता हुनु पर्ने व्यवस्था लगायतका कामहरु गर्दै आइरहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय