नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितीको इलाममा सम्पन्न बैठकले कोशी प्रदेश नामांकरण खारेजी अभियानको पहिचानको आन्दोलनलाई सशक्त ढंगले प्रचार–प्रसारमा सहयोग गर्ने निर्णय गरेको छ । (फोनिज) संघिय समितिका उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य तथा प्रदेश नं.१ समिती अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा ईलाम जिल्लाको माङ्सेबुङ् गाउँपालिकाको पर्यटकीय स्थल माङमालुङमा सम्पन्न पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेशवासीको मागलाई बेवास्ता गर्दै प्रदेश सरकारले राखेको कोसी प्रदेश नामंकन विरुद्वमा अहिलेसम्म भएको पहिचानको आन्दोलनको फोनिजको वैठकमा गम्भिर ढंगले समिक्षा गरिएको छ । वैठकले अहिलेसम्म कोशी प्रदेश खारेजीको लागि १ नम्वर प्रदेशमा भैरहेको आन्दोलन प्रभावकारी र उपलब्धि मूलक रहेको निष्कर्ष निकालिएको छ । आगामी दिनमा आयोजना हुने आन्दोलनलाई समेत फोनिजकर्मीहरुले आ–आफ्नो संञ्चार माध्यामहरु र सामाजिक सञ्जाल मार्फत व्यापक प्रचार प्रसार गरी सहयोग गर्ने गरी निर्णय गरिएको फोनिज प्रदेश समितीले जनाएको छ ।

त्यसैगरी वैठकले १ नम्वर प्रदेश भित्रको विभिन्न पालिकाहरुमा फोनिजको पालिका स्तरको संगठन विस्तार गर्ने कार्यक्रमलाई अघि वढाउने भनि संस्थागत निर्णय गरेको छ । साथै फोनिजले अघि वढाएको संगठन विस्तार लगायत अन्य कार्यक्रमहरु कार्यान्वयन गर्ने गराउने सम्पूर्ण जिम्मेवारी वैठकले सचिवालयलाई दिएको छ । फोनिज प्रदेश समितिको सचिवालयले विगतमा गरेको वैठकका निर्णयहरु र विभिन्न जुम वैठक मार्फत गरिएका निर्णयहरुलाई सर्वसम्मत वैठकले अनुमोदन गरिएको थियो ।

बैठकमा (फोनिज) का संघिय उपाध्यक्ष देवानले प्रदेश नामाकरण खारेजी आन्दोलनको प्रचार–प्रसारलाई प्रभावकारी बनाउन सम्पूर्ण फोनिजकर्मीहरुलाई सशक्त भएर लग्न आग्रह गरे । उपाध्यक्ष देवानले भने–‘सम्पूर्ण पहिचानवादी शक्ति एकजुट भई आन्दोलनको प्रचार–प्रसारका लागि उपलब्ध सञ्चार माध्यमहरु र सामाजिक सञ्जाल लगायतको प्रविधिको बढी भन्दा बढी उपयोग गर्नु पर्छ ।’
फोनिजका संघिय समितिका महासचिव मिलन लिम्वुले कोशी प्रदेश नामंकन विरुद्ध भैरहेको आन्दोलनको प्रचार प्रसारमा सहयोग नगर्ने फोनिजकर्मीहरुको पहिचान गरिने वताए । उनले फोनिजको संघिय समितिले नै कोशी प्रदेश खारेजीका लागी भईरहेको आन्दोलनलाई प्रचार प्रसारमा व्यापक सहयोग गरेर जाने भनि निर्णय भएको बताए । महासचिव लिम्वुले भने–‘यस्तो अवस्थामा प्रचार प्रसार गर्ने कार्यको लागि फोनिजकर्मीहरुले पछि हट्न हुँदैन ।’

फोनिजका संघिय समितिका पुर्व सल्लाहकार संजय सन्तोषी राईको धनकुटामा रहेको जनविश्वास अफसेट प्रेसमा आगलागी भई लाखौंको क्षति भएको सम्बन्धमा फोनिजकर्मीहरुले स्वइच्छाले आर्थिक संकलन गरेर सहयोग गर्ने भनि वैठकले निर्णय गरिएको छ । महासचिव मिलन लिम्वुले राज्यका सरोकारवाला निकायहरु र विभिन्न संघ संस्थाहरुलाई सहयोगको लागि पहल गर्ने जानकारी वैठकमा दिएका छन् । उनले इलामबाट फर्कने क्रममा आगालगीबाट खरानी भएको धनकुटा स्थित् जनविश्वास अफसेट प्रेसको स्थलगत अवलोकन समेत गरेका छन् ।
त्यस्तै फोनिजका १ नम्वर प्रदेश समितिका निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईले प्रदेशवासीको हित विपरित गरिएको कोशी प्रदेश नामांकरण विरुद्व पहिचानपक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेको बताए । उनले फोनिजकर्मीहरुले संचालन गरिरहेको एन्टी कोशी मुभमेण्ट न्यूज मार्फत गरिरहेको प्रचार प्रासारको बारेमा समेत जानकारी गराएका थिए । उनले कोशी प्रदेश खारेजीको लागि भैरहेको आन्दोलन निक्कै प्रभावकारी र उपलब्धिमूलक भईरहेको उल्लेख गरे । बैठकमा आन्दोलनकै क्रममा निधन हुनु भएका स्व.पदम लिम्वु (लाजेहाङ) को स्मरण गरिएको थियो ।
बैठकमा बरिष्ठ पत्रकार तथा फोनिज सल्लाहकार सञ्जयसन्तोषी राई, निलिफा सुब्बा, प्रदेश इन्चार्ज भक्तशेर लिम्बु लगायतले महत्वपूर्ण सुझाव दिएका थिए । आन्दोलनलाई थप प्रभावकारी र उपलब्धि मूलक बनाउन स्थानिय स्तरका पहिचानवादी शक्ति र जनप्रतिनीधिहरुसँग दवाव सहितको समन्वयात्मक भुमीका निर्वाह गर्दै अघिबढ्नु पर्ने उनिहरुले सुझाव दिएका थिए । फोनिज संघिय सदस्य गजेन्द्र राई लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । बैठकको सञ्चालन फोनिज प्रदेश समितिका महासचिव सुसन रुङ्गमाहाङ राईले गरेका थिए ।
फोनिज प्रदेश कार्यसमितिलाई माङ्सेबुङ् गाउँपालिका अध्यक्ष हेमन्त राईले मायाको चिनो र खदा ओडाएर गर्दै विदाई गरेका थिए । विदाईको क्रममा बोल्दै उनले सञ्चरकर्मीहरुलाई पालिकाको विकास निर्माण सहित पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसारमा सहयोग गर्न आग्रह गरेका थिए । वैठकमा स्वागत मन्तव्य उपाध्यक्ष राजेन्द्र दुष्टले राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय