सोलुखुम्बु ,
आइतवार एकै दिन सात सय जनाभन्दा धेरै पर्यटक हवाई मार्गबाट लुक्ला पुगेका छन् ।

विमानको ३४ वटा उडान र झन्डै एक सय पटक भएका हेलिकप्टर उडानमार्फत सात सय जनाभन्दा धेरै पर्यटक लुक्ला विमानस्थलमा ओर्लिएका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । आजका लागि तोकिएका पाँच वटा उडान मौसमका कारण रद्द भएका छन् । लुक्ला पुगेका पर्यटकमध्ये धेरैजसो विदेशी रहेका छन् । वसन्तयाममा पर्वतारोहण तथा पदयात्राका लागि खुम्बु पुग्ने पर्यटकको सङ्ख्या बढेको छ ।

नागरिक उड्डयन प्राधिकरणका कार्यालय प्रमुख महेश श्रेष्ठका अनुसार खुम्बु आउनेसँगै फर्किने पर्यटक पनि त्यतिकै रहेका छन् । उडानको चाप बढेसँगै विमानस्थलका कर्मचारीमा पनि व्यस्तता बढेको छ ।

खुम्बुमा वर्षको दुई सिजन चैत्र, वैशाख, जेठ तथा असोज, कात्तिक र मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय