बैसाख ९

नेपाल प्रेस युनियन कोशि प्रदेशको बैठक पाँच बुदे धनकुटा घोषणा पत्र जारी गदै सम्पन्न भएको छ ।
नेपाल प्रेस युनियन कोशि प्रदेशका अध्यक्ष मिन कुमार नबोदितको अध्यक्षतामा सम्पन्न बैठकले तीनै तहको सरकारलाई प्रेसमैत्री ऐन कानून निर्माण गर्न दवाब दिनमा जोड दिएको छ । त्यस्तै आम सञ्चारकर्मीको पेसागत र भौतिक सुरक्षाका लागि राज्यका तीनै तहका सरकारलाई गम्भीर बन्न आग्रह गर्ने, स्थानीय सरकारलाई स्थानीय सञ्चारमाध्यमको दिगो विकासका लागि आवश्यक सहयोग गर्न आग्रह गर्ने जस्ता कुरा समाबेस गरिएको नेपाल प्रसयुनियन कोशि प्रदेशका महासचिब सञ्जीब बाग्लेले जानकारी दिनुभयो ।

त्यस्तै घोषणा पत्रमा धनकुटा जिल्लाको पर्यटन विकासको लागि नुनथला होमस्टेसहित जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासको लागि सञ्चारमाध्यम मार्फत प्रबद्र्धन गर्ने र नेपाल प्रेस युनियनको जिल्ला शाखाको अधिवेशन तोकिएकै मिति भित्र सम्पन्न गर्नेमा जोड दिएको छ ।
बैठकमा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष डिल्लीराम खतिबडा, उपमहासचिब अभय राई सल्लाहकार लिला बल्लब घिमिरे सहित कोशि प्रदेशका पदाधिकारीको उपस्थीती रहेको थियो । बैठक शुक्रवार र शनिवार धनकुटा नगरपालिका ४ दानाबारी स्थित नुनथला होम स्टेमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय