धनकुटा
धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं १ गोपालपुरमा चण्डी पुर्णे यले सम्बत् ५०८३ तथा उभौली पर्वको अवसरमा शूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । किरात राई चाम्लिङ खाम्बातिम सहिदभुमी गाउँ कार्य समितिको आयोजनामा भएको कार्यक्रममा शूभकामना आदान प्रदान तथा शिली नाँच प्रदर्शन गरिएको छ । गाउँपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्य तथा कार्यक्रम आयोजक समितिका अध्यक्ष अम्बर बहादुर राईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

विशेष अतिथि पालिका उपाध्यक्ष रत्नश्वरी राई,वडा नं १ का वडाध्यक्ष रमेश राई,किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रिय उपाध्यक्ष नर वहादुर राई,किरात राई यायोख्खा धनकुटाका सह सचिव अनिष पुमा राई,नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई सहित सहिदभुमी गाउँपालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरुले शूभकामना आदान प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन खाम्बातिमका केन्द्रिय सदस्य अजय चाम्लिङ राईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय