धनकुटा

धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं ७ का किसानलाई बेमौसमी तरकारी खेती बाट आत्मनिर्भर बनाउन तालिम दिईएको छ । वडाका ४० जना बेमौसमी तरकारी खेती गर्न चाहने किसानलाई तालिम दिईएको हो । पराम्परागत खेती प्रणाली भन्दा व्यवसायिक तरकारी खेती तर्फ किसानलाई आकर्षित गर्न गाउँपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम मार्फत तालिम दिईएको कार्यक्रमका सहजकर्ता खुमा राईले बताउनुभयो ।

गाउँपालिकाको कृषि अधिकृत रेसब राज यादव र कृषि साखका खिर प्रसाद राई र तालिम सहजकर्ता उमा राईले ७ दिन सम्म सञ्चालन भएको तालिममा बेमौसमी तरकारी खेती सम्बन्धि विषयमा प्रशिक्षण दिईएको पालिकाले जनाएको छ । तालिमको गाउँपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच बिहिबार समापन गरिएको छ ।

तालिम समापन कार्यक्रममा बोल्नु हुदै अध्यक्ष राईले कृषकलाई आधुनिक र व्यवसायिक खेती प्रणाली तर्फ आकर्षित गरेर समृद्ध पालिका बनाउनका लागि बेमौसमी तरकारी खेती सम्बन्धि तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिम समापन कार्यक्रम वडा सदस्य लिलाराम राईको अध्यक्षतामा सम्पन्न भएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय