धनकुटा बैशाख ३०

अलोहा मेडिकल मिसनले गरिव, असायह र पहुच विहिनहरुका लागि संचालन गर्दैै आएको वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर आगामी असोजमा सञ्चालन गर्नका लागि शुत्रबार परिचयात्मक छलफल भएको छ ।
अलोहा मेडिकल मिसनले २०२३ का लागि आगामी असोजको २ गतेदेखि १२ गते सम्म वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सञ्चालन गर्ने सन्र्दभमा विभिन्न सरोकारवला निकायहरुसँग छलफल गरिएको अलोहा मेडिकल मिसन अमेरीकाका संयोजक रोषेश श्रेष्ठले जानकारी दिनुभयो । विगतका बर्षहरुमा धनकुटामा गरिव, असायह र पहुँच विहिनहरुका लागि संचालन भएको वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा अलोहा मेडिकल मिसन अमेरिकाका बिशेषज्ञ स्वास्थ्यकर्मीहरुको टोलीले शल्याक्रिया गर्ने र थुप्रै सेवाग्राहीले त्यसको लाभ लिएको हुदा पुनः शिविर सञ्चालन गर्न लागिएको संयोजक श्रेष्ठले बताउनुभयो ।

शिविर व्यवस्थापन तथा संचान समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ,संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,जिल्ला स्थित विभिन्न राजनितिक दलका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख तथा स्थानीय सरोकारवाला संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पितको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृतिम हात वितरण लगायतका सेवा प्रदान गर्दै आएको समेत संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय