धनकुटा जेष्ठ १ ,

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धनकुटाले साेमबार बिरामीलाई फलफुल वितरण गर्दै आफ्नो ३४ औं स्थापना दिवस मनाएको छ । युवा संघ नेपाल धनकुटाले ३४औं स्थापना दिवस काे अवसरमा जिल्ला अस्पताल धनकुटाका बिरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाईएकाे हाे ।

जिल्ला अस्पताल धनकुटामा ईमर्जेन्सी , सुत्केरी र अन्य विभिन्न स्वास्थ समस्याका कारण उपचार गराईरहेका ४२ जना विरामिलाई फलफूल वितरण गरिएको युवा संघका जिल्ला अध्यक्ष प्रविन पाेख्रेलले बताउनुभयो ।
फलफूल वितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला पार्टी अध्यक्ष एवम काेशि प्रदेश संसद ईन्द्रमणी पराजुलीले युवा संघले गरेको फलफुल वितरणलगायत रचनात्मक कार्यको प्रशंसा गर्नु भएको थियोे । कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य कला राई , पार्टीका प्रदेश कमिटी सदस्य बल्दिप राई , जिल्ला पार्टी उपसचिव शिव आङ्ला लगायत नेता कार्यकर्ताकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय