facebook sharing button
twitter sharing button
email sharing button
whatsapp sharing button
messenger sharing button

धनकुटा , 
धनकुटा १ हिले स्थितको चञ्चलादेवी बहुउद्देश्यी दुग्ध उत्पादक सहकारी संस्थाका कृषकलाई अनुदान वितरण गरिएको छ ।

प्रदेश सरकार तथा जिल्ला भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाको सहयोगमा सहकारीमा सम्वद्ध २ सय ८१ जना दुग्ध उत्पादक किसानलाई ५ लाख ६१ हजार ७ सय ३८ रुपयाँ अनुदान वितरण गरिएको हो । सहकारीमा सम्वद्ध भई २०७९ सालको श्रावण महिनादेखी पौष मसान्तसम्म सबैभन्दा बढी दुध संकलन गर्ने आधारमा किसानको नाम छनौट गरि सोही अनुसार अनुदान वितरण गरिएको हो । जसअनुसार उल्लेखित मितिमा सबैभन्दा बढी दुध संकलन गर्ने धनीमाया तामाङले ४ हजार ६ सय ४५ लिटर दुध संकलन गरि ९ हजार २ सय ९० रुपयाँ अनुदान पाउनु भएको छ ।

त्यस्तै गजेन्द्र कार्कीले ४ हजार ५ सय ८९ लिटर दुध संकलन गर्दै ९ हजार ९ सय ७९ रुपयाँ अनुदान पाउनुभएको छ भने ईन्द्र वहादुर बुढाथोकीले ४ हजार २ सय १ लिटर दुध संकलन गरि ८ हजार ४ सय २ रुपयाँ अनुदान पाउनुभएको छ । अनुदान वितरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र जिल्ला भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुंगानाले संयुक्त रुपमा गरेका थिए । अनुदान रकम धनकुटा नगरपालिकाका प्रमुख तामाङ सहित कार्यक्रमका अतिथीहरुले किसानहरुलाई प्रदान गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष नगेन्द्र पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन व्यवस्थापक भिम मल्लले गर्र्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय