धनकुटा ,

नेपाल आदिवासी जनजाति महासंघ धनकुटा नगर समन्वय परिषदकाे आयाेजनामा उद्घाेषण तालिम सम्पन्न भएको छ । धनकुटा नगरपालिकाकाे सहयोगमा जेठ १ गतेदेखि सञ्चालन गरेको उदघाेषण तालिम  धनकुटानगरपालिकाकाे उपमेयर  भिमा देवी खनालकाे प्रमुख आतिथ्यमा शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको हाे  । तालिममा धनकुटा नगरभित्र बसाेबास गर्ने विभिन्न एकल जातीय संस्थाबाट ७० जना भन्दा बढीको सहभागीता रहेको आयाेजकले जनाएको छ । तालिमको फाेनिज प्रदेश अध्यक्ष सन्तविर लामा , फाेनिज केन्द्रीय सदस्य विदुर खवासले सहजिकरण गरेका थिए ।

समापन कार्यक्रममा  उपमेयर  खनाल , आठपहरिया समाजका केन्द्रीय अध्यक्ष सरकुमारी आठपहरीया , परिषदका निवर्तमान अध्यक्ष रविन खड्गी , फाेनिज जिल्ला  उपाध्यक्ष मालाती माेक्तान लगायले तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । तालिम आदिवासीजनजाति महासंघ नगर परिषद अध्यक्ष दालामु सेर्पाकाे अध्यक्षतामा सञ्चालन भएको थियोे भने स्वागत मन्तव्य परिषद उपाध्यक्ष ईन्द्र लुङगेलिले राखेका थिए ।आदिवासीजनजाति नगर परिषद्ले यश अघि नगरकाे वडा नं ९ छिम्सुवा बेलहरा बेसिमा बसाेबास गर्ने माझी बस्तीमा पुगेर माझी समुदायको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेका थिए । तालिमको धनकुटा नगरप्रमुख चिन्तन तामाङले जेठ १ गते पानसमा बत्तिबालेर उदघाटन गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय