धनकुटा

धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर १ मा १ दिने कुष्ठरोगको स्क्रीनमिङ्ग तथा घुम्ती शिविर सम्पन्न भएको छ । स्वाथ्य कार्यलय धनकुटा र छथर जोरपाटी गाउँपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा नियमित औषधी सेवन गरिरहेका र उपचार लिइरहेका २ जना, कुष्ठरोगको आशंका गरिएका ५ जना अन्य छाला सम्बन्धी समस्या रहेका १ सय ११ जना साथै अन्य विभिन्न परिक्षण १० जनाले गरि १ सय २८ जनाले शिविरमा स्वाथ्य सेवा लिएको छथर जोरपाटी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो । कुष्ठरोगको आशंका गरिएका ५ जना थप परिक्षणका लागि रेफर गरिएको समेत उहाँको भनाई थियो ।

पाख्रिवास आधारभूत अस्पतालका डा. अकित शर्मा र छथर जोरपाटी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोले बिरामीहरुको स्वाथ्य जाँच गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले विशिरको उत्घाटन गर्नु भएको थियो कार्यक्रमको विशेष अतिथी छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गिता गरुङ्ग खेवा, वडा नम्बर १ का अध्यक्ष गोविन्द लिम्बु, अतिथीहरु पाख्रिवास आधारभूत अस्पतालका डा. अकित शर्मा, ल्याव टेक्निसियन निरक्षिक विनोद गुराँगाई , हातिखर्क स्वाथ्य चौकि प्रमुख आशिष आले लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय