धनकुटा ,

सहिदभूमि गाउँ पालिका वडा नम्बर १ पाङ्नाममा व्यवसायीक बाख्रापालन तालिम सम्पन्न भएको छ । तालिममा वडा नं १ पाङ्नाम र बुर्खाकाे २५ जना किसानकाे सहभागी थियोे ।

तालिमकाे सहजिकरण प्रशिक्षक सुमन दाहालले गर्नु भएको थियो । तालिममा व्यावसायिक बाख्रा पालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन् व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन , बिमा ,दानापानी लगायतका विषयहरुमा प्रशिक्षण गरिएको थियो । गाउँपालिका अध्यक्ष मनाेज राईले तालिम समापन कार्यक्रममा बाेल्नु हुदै तालिममा सिकेको कुराहरु व्यबहारमा लागु गरेमा मात्रै तालिम प्रभावकारी हुने बताउनुभयो । उहाँले एक दुइ वटा बाख्रा पाल्नु भन्दा व्यावसायिक रुपमा नै पाल्न सके स्वरोजगार बनि उल्लेख्य आर्थिक प्रगती गर्न सकिने कुरा बताउनु भयो।आउँदा दिनमा पनि यस्ता खालका कार्यक्रम पालिकाले निरन्तरता दिने बताउनुभयो ।

तालिममा सहभागीलाई पालिका अध्यक्ष राई, प्रशासकीय प्रमुख नवीन कार्की , कार्यपालिका सदस्य साेम रानाले प्रमाणपत्र वितरण गर्नुभएको थियोे । तालिम विराट मल्टि टेक्निकल एन्ड रिसर्च सेन्टरकाे प्राबिधिक सहयोगमा सञ्चालन भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय