असार ४
पर्यटकहरुलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्र सहित बिश्वका बिभिन्न २२ देशको झण्डा राखिएको छ ।

गाउँपालिकाले आज एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राई सहित २२ जना अतिथीहरुबाट एकै साथ झण्डा फहराईएको छ ।
झण्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरुलाई आफ्नो देशको झण्डा मार्फत् आर्षित गरेर पर्यटन प्रवद्र्धन गर्न झण्डाहरु राखिएको जानकारी दिनुभयो ।

आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झण्डाहरु पनि राईने उहाँले जानकारी दिनुभयो ।
पर्यटन मन्त्रालयको रु पाँच लाख,गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागितामा उक्त झण्डा राखिएको हो ।
सूर्योदयको दृष्य हेर्न र घरबास सेवा(होमस्टे)का लागि प्रख्यात यो स्थान समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाईमा रहेको छ ।
पूर्वी नेपालका हिमाल,पहाड र तराईका दृष्यहरु हेर्न सकिने ध्वजे डाँडा पूर्वी नेपालको सिमाङ्कनमा अक्षांस र देशान्त निर्धारण गर्नका लागि आधार मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय