काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले आगामी १२ गते झापाको गौरादहमा आवाशिय खेलकुद प्रशिक्षण गर्ने भएको छ । मदन भन्डारीको जन्मजयन्तीको अवसरमा देशभर साप्ताहिक खेलकुद आयोजना गर्ने निर्णय गरेको महासंघले १२ गते गौरदाहमा पार्टीका पदाधिकारीहरूसहितको उपस्थितिमा विभिन्न ७ वटाभन्दा बढी खेलकुदका विद्यामा आवाशिय प्रशिक्षण गर्न लागेको अध्यक्ष परशुराम बस्नेतले जानकारी दिए।

आवशिय प्रशिक्षणको आयोजक कोशी प्रदेश रहेको छ । कोशी प्रदेशले आवशिय प्रशिक्षणमा सप्ताहव्यापी कार्यक्रममा के–के गतिविधि गर्ने, खेललाई कहाँ र कसरी आयोजना गर्ने जस्ता विषयमा प्रशिक्षण गर्ने तयारी रहेको छ । यससँगै जबज तथा राजनीतिक प्रशिक्षण पनि हुने बस्नेतले जानकारी दिए ।

यस कार्यक्रम अन्तर्गत खासगरी पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा रहेको जनताको बहुदलीय जनवादलाई नेता कार्यकर्ताको बिचमा बहस र प्रशिक्षण गर्ने तयारी रहेको छ । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

महासंघको बैठकले मदन जयन्तीको अवसरमा देशैभरी साप्ताहिक खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । साप्ताहिक खेलकुद आयोजना अन्तर्गत सबै खाले खेल आयोजना गरिने बैठकको निर्णय छ ।

आयोजनामा भलिबल, फुटबल, व्याटमिन्टन, दौड, डोरी तानातान, वक्तित्वकला, बास्केटबल, कबड्डीलगायतका सबै खाले खेलकुद आयोजना गर्ने निर्णय भएको छ । यी नै खेलकुदको विषयमा विज्ञहरू मार्फत् आवाशिय प्रशिक्षण गर्न लागेको महासंघले जनाएको छ ।

यस अन्तर्गत प्रतिनिधिसभा, राष्ट्रियसभा, संविधानसभा सदस्यहरू वर्तनमा र पूर्वसदस्यहरूको बीचमा व्यटमिन्टन खेल प्रतिस्पर्धा समेत गराउने तयारी रहेको छ।

तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो ।

भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रूपमा लागू गर्दै आएको छ ।

भण्डारीको जन्मजयन्तीको अवसरमा भण्डारीका संकलित रचनाहरू, छानिएका रचनाहरू, सेलेक्टेड वर्क्स, तथा जीवनी र व्यक्तित्व जस्ता कृतिहरूको समेत चर्चा र वितरण गर्ने महासंघको तयारी रहेको प्रवक्ता तिर्थबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय