facebook sharing buttonधनकुटा असार १३,

धनकुटाको हिलेबजारमा सडक अवरोध हुनेगरी फुटपाथमा सञ्चालित पसल हटाउने भएको छ । मंगलबार  वडाकार्यलय र हिले बजार व्यवस्थापन समिति ,हिले प्रहरी चौकि र बजारका स्थानिय बासी बिच बसेको बैठकले वडाकार्यलयको संयोजनमा फुटपाथ पसल हटाउने निर्णय गरेको हो ।

बैठकले सडक दुर्घटना नियन्त्रण तथा सडक सरसफाईका लागि बजारमा सिजनल फलफूल अव्यवस्थित ढंगले सडक अवरोध हुने गरी विक्रिवितरण कार्य भइरहेको भन्दै हटाउने भएको वडा अध्यक्ष वाङद तामाङले बताउनु भयो । यस्तै सडकको वरपर ढल नाली माथी अव्यवस्थिरुपमा सञ्चालित पसल हटाउने निर्णय गरेको वडा अध्यक्ष वाङदा तामाङले जानकारी दिनुभयो । सडक पेटि , सडकको ढल ,नाली माथी व्यापारीले पसल राखि दिदा सवारी साधान र यात्रुलाई हिंडन गाह्रो भइरहेको छ ’ फुटपाथमा राखिएको सामान र पानीको टंयाकी हटाइयो भने बजार व्यवस्थित र सुन्दर देखिने उहाको भनाइ थियो ।

वडा अध्यक्ष तामाङ सहित हिले बजार व्यवस्थापन समिति र हिले प्रहरि चौकिको टोलिले सडकमा सवारी साधानलाई अवरोध हुने गरी सिजनल फलफूल विक्रि वितरण गरिरहेको व्यापारी , फुटपाथ सडकको ढल तथा नालि माथि सामान राखेका व्यापारीलाई खाली गर्न निर्देशन दिइएकाछन। अटेरी गरेमा नगर तथा नगरप्रहरीले उठाउने र कारबाही गरिने वडाले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय