धनकुटा असार १२ ,
सहिदभूमी गाउपालिका वडा नं २ छिन्ताङमा आर्थिक वर्ष २०७९/८० को योजना तथा कार्यक्रम सम्पन्न भएको छ । आव २०७९/०८० मा वडाको लागि छुट्याको बजेट बाट ११ वटा योजना  टोल तथा वडा स्तरीय विभिन्न योजनाको काम सम्पन्न गरेको वडा अध्यक्ष आदेश राईले जानकारी दिनुभएको छ ।
जस अनुसार खहरे बेन्टाङ ग्रामीण सडक निमार्ण तथा ट्रयाक खुलाउन २ लाख, वडा नं २ को सम्पुर्ण वडा भित्र पर्ने सडक सरसफाई ६ लाख , साम्बुगाउ लेखाटोल खानेपानी योजना १ लाख ५० हजार , अजम्बरी बाल विकास केन्द्र भवन निमार्ण ललाहाङ २ लाख ५० हजार ,कन्य देबी कृषक समुह भवन निमार्ण पिप्ले १ लाख ५० हजार ,छिन्ताङ स्वाथ्यचौकी भवन रङ पेन्टिङ ५० हजार ,टाकुरे खोप केन्द्र शौचालय निमार्ण १ लाख , सरस्वती भवन बरण्डा निमार्ण साम्बुगाँउ १ लाख , साम्बुगाँउ सामुदायिक भवनमा फर्निचर खरिद २ लाख , कबिर बंशगुरु सतसंङ्ख फर्निचर खरिद १ लाख, आशिष निदसी चर्च फर्निचर खरिद १ लाख रहेकाछन् । यस्तै वडाले आगामी आर्थिक वर्ष २०८०/८१ को टोल स्तरीय योजना छनौंट तथा योजना माग कार्यक्रम सम्पन्न गरेको वडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय