काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले मंगलबार वृक्षा रोपण कार्यक्रम आयोजना गरेको छ । वडा कार्यलयको आयोजनामा वडा कार्यालय भवनदेखि पवित्र वर्क सपसम्मको सडकमा वृक्षा रोपण गरेको हो ।

वृक्षा रोपण कार्यक्रममा वडाध्यक्ष प्रेम थापा, वडा सदस्यहरू र नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष दीपक निरौला सहभागी थिए । साथै स्थानीय युवाहरूको समेत सहभागी थियो ।

वडा कार्यलयले आज १२० वटा विरुवा रोपेको अध्यक्ष थापाले बताए । अब नाराणगोपाल चोकदेखि गंगालाल अस्पताल र सांग्रिला होटलसम्मको सडक खण्डमा पनि विरुवा रोप्ने तयारी भएको अध्यक्ष थापाले बताए ।

काठमाडौंलाई हरियाली बनाउने र स्वच्छ वातावरण बनाउने उदेश्यले वृक्षारोपण गरेको वडाअध्यक्ष थापाले बताए । काठमाडौं विश्वकै प्रदुसित शहरको रूपमा आउने गर्दछ ।

खास गरी काठमडौंमा वस्ती बढ्दो छ । यहाँको सहर व्यवस्थापनका लागि सरकारसँग कुनै योजना नहुँदा काठमाडौं अस्तव्य हुने गर्दछ । अब भएको संरचनालाई धेरै परिवर्तन गर्न नसकेपनि भएको ठाउँहरूलाई व्यवस्थापन गर्नु पर्ने वडाध्यक्ष थापको भनाई छ ।

सडकको दायाँबायाँ १ हजार विरुवा रोप्ने अध्यक्ष थापाले बताए । ४ सय विरुवा रोपिसकेका र बाँकी ६ सय विरुवा यही महिनाभित्र लागाइने उनले बताए । बासबारी र धारापार्टी पार्कमा समेत वडा कार्यालयले विरुवा रोप्ने थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय