धनकुटा ,

सहिदभूमि गाउँपालिका धनकुटाले कृषकलाई मिनिटिलर वितरण गरेको छ । गाउँपालिका भित्रका विभिन्न कृषि समुह , कृषि फर्म र कृषि सहकारीमा आवद्वकृषकलाई १३ थान मिनिटिलर वितरण गरेको कृषि शाखा प्रमुख दिनेन्द्र राइले बताउनुभयो । /

पालिकाको कृषि यान्त्रिकिकरण तर्फ ५० प्रतिशत अनुदान कार्यक्रम मार्फत ९ लाख ७५ हजारको मिनिटिलर वितरण गरिएको कृषि शाखा प्रमुख राईले जानकारी दिनुभयो ।

कृषि पेशालाई सहज र व्यवस्थित बनाउदै प्रविधिमैत्री बनाएर यान्त्रिकरण सहितको व्यवसायिकता संग जोड्नका लागि मिनिटिलर लगायतका सामाग्री कृषकलाई वितरण गर्दै आईरहेको गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय