धनकुटा ।

कृषि तथा वन विज्ञान विस्वविघालय अन्तरगत शैक्षिक  सत्र २०७५/७६ मा भर्ना भएका विद्यार्थीकाे मंगलबार  बिदाइ गरेको छ । प्राकृतिक स्राेत व्यवस्थापन कलेज पाख्रिबासकाे आयाेजनामा  मंगलबार एक कार्यक्रम का बिच शेैेक्षिक शत्र २०७५/७६ मा भर्ना भइ ४ वर्षे काेष पूरा गरेका विघार्थिलाइ विदाइ तथा सम्मान गरेको हाे ।

उत्त कार्यक्रमका प्रमुख अतिथि पाख्रीबास नगरपालिकाकाे मेयर ज्ञान बहादुर गुरुङले कार्यक्रममा बाेल्दै कृषि क्याम्पसकाे विकासका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयाे । यस्तै बिदाइ भएर जाने विघार्थि मध्येबाट रबिन चनले क्याम्पकाे विकास हाेस भन्ने शुभकामना दिदै  हामीले विभिन्न समस्या झेल्दै पढाइ पूरा गरेपनि नयाँ विघार्थिलाइ सहजरूपमा पढाइ गर्न पाउने वातावरण मिलाेस भन्ने शुभकामना दिनु भयो  ।

कार्यक्रम प्राकृतिक स्राेत व्यवस्थापन कलेजका प्रमुख निराजन भण्डारीकाे अध्यक्षतामा सम्पन्न भएको थियोे । कार्यक्रममा पाख्रीबास नगरपालिकाकाे उपप्रमुख नम्रता देउजा , पाख्रीबास नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सराेज राई र कृषि अनुसन्धान केन्द्र पाख्रीबासका प्रमुख तथा अतिथिहरुले शुभकामना मनतव्य राखेका थिए । यश  क्याम्पसमा नयाँ शैक्षिक शत्रका लागि भर्ना खुलेको पनि कार्यक्रममा क्याम्पस प्रमुखले जानकारी गराएका थिए । अहिले क्याम्पसमा २ सय २५ जना विघार्थि अध्ययनरत थिए ४४ जना बिदाइ भए सगै १सय ८१ जना देशका विभिन्न जिल्लाका विधार्थि कृषि विषयमा अध्ययन गरिरहेकाे छ । साेहि अवसरमा  कार्यक्रममा क्याम्पसमा अध्ययनरत विधार्थिहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय