धनकुटा ,
नेपाल रेडक्रस सोसाइटी हिले उपशाखा धनकुटाले ६१ औ स्थापना दिवसको  अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी हिले उपशाखा धनकुटाको आज बसेको बैठकले भदौ १९ गते ६१ औ स्थापना दिवसको  अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको नेपाल रेडक्रस सोसाइटी हिले उपशाखाका सभापति चन्द्र कृष्ण ठकुरीले जानकारी दिनु भयो  ।
बैठकमा  रक्तदान कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ । आर्थिक, प्रचारप्रसार, मन्च व्यवस्थापन लगायतको उपसमिति गठन गरेर जीम्मेवारी दिएको सभापति ठकुरीले बताउनु भयो । बैठकमा वडा अध्यक्ष वाङ्द तामाङ,हिलेबजार व्यवस्थापन समिति अध्यक्ष लालचन गोङ्वा, नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला उपसभापति ठगेन्द्र अधीकारी ,समाजसेवि वुद्धिजिवी नकुल राई लगायत शाखाको पदाधीकारी सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय