ललितपुर । ललितपुरको जाउलाखेलमा सञ्चालनमा रहेको कृषि टेलिभिजनका सञ्चालक विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टेलिभिजनका सञ्चालक तेजविक्रम थापा मगर र सम्झना कर्णिकारविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पूर्जी जारी गरेको छ । उनीहरुविरुद्ध शुक्रबार जिल्ला अदालत ललितपुरले बैकिङ कसुरमा पक्राउ गर्न अनुमति दिएको हो ।

बैकिङ कसुर गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धि विक्रम शाहले जानकारी दिए ।

लामो समयदेखि टेलिभिजनमा पत्रकारहरुले तलव नपाएको भन्दै उनीहरु बिरुद्ध टेलिभिजनका दुई पत्रकारले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । टेलिभिजनले त्यहाँ कार्यरत दुई जना पत्रकारलाई तलब बापतको चेक दिएको र चेक साटन बैकमा जादाँ पर्याप्त मौज्दात नभएको भन्दै बैकले चेक फिर्ता गरेको थियो ।

थापा कृषि बहुउद्देश्यीस सहकारी संस्थाको सञ्चालक समेत हुन् । उक्त सहकारी संस्थाले पनि लामो समयदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकिरहेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय