धनकुटा ,

राष्ट्रिय युवा संघ नेपाल छथर जाेरपाटि गाउं कमिटीको दोस्रो अधिबेसन चन्द्र सारुकाे अध्यक्षतामा ३१ सदस्य नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको छ ।

शनिबार छथर जाेरपाटी गाउंपालिकाकाे वडा नंम्बर ६ स्थित रहेको  पर्यटकीय स्थल नुनथला रिसोर्टमा सम्पन् भएको दाेस्राे अधिवेशन बाट चन्द्र सारुकाे अध्यक्षतामा ३१ सदस्य नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको राष्ट्रिय युवा संघ नेपाल धनकुटाका अध्यक्ष प्रविन प्राेख्रेलले जानकारी दिनुभयो ।

जस अनुसार अधिबेसन बाट नवनिर्वाचित कमिटीकाे अध्यक्ष  चन्द्र सारू, उपाध्यक्षमा प्रसिद्वीका श्रेष्ठ, सचिब लोचन लिम्बु , सह- सचिब- कमल लिम्बु, वागंदी शेर्पा र कोषाध्यक्ष- ईन्द्र पराघरी लिम्बु र सदस्यहरूमा २५ जना सदस्यहरू निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कमिटीलाई केन्द्रीय सदस्य कला राईले गोपनियताको सपथ खुवाउनुभएको थियो ।

अधिवेशन निवर्तमान युवा संघ छथरजाेरपाटि अध्यक्ष चन्द्र लिम्बुको अध्यक्षतामा सञ्चालन भएको थियोे । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सकुन्तला बस्नेत को प्रमुख अतिथी रहनु भएको थियोे भने कोशी प्रदेश कमिटी सदस्य बल्दिप राईको बिशेष आतिथ्य थियोे ।

यस्तै अतिथिहरुमा राष्ट्रीय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष प्रबिन पोख्रेल लगायत नेकपा एमालेका स्थानिय नेता र युवा संघका केन्द्रीय सदस्यहरूकाे उपस्थिति थियो । गाउँपालिकाकाे ६ वटा वडा बाट  ६६ जना प्रतिनिधिको उपस्स्थिती थियोे  भने  आयोजक कमिटी सहीत १५० जना को उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय