धनकुटा

धनकुटाका पत्रकार चौधरी परिवारलाई सानिमा- रिलायन्सले एक करोड चार लाख बराबरको बिमा हस्तान्तरण गरेको छ ।
सानिमा रिलायन्स इन्स्योरेन्सले ९ महिना अघि मृत्यु भएका  बिमितलाई एक करोड चार लाख हस्तान्तरण गरेको हाे ।
धनकुटाका पत्रकारसमेत रहेका पूर्णकुमार चौधरीको नौ महिनाअघि मृत्यु भएको थियो ।
चौधरीको परिवारलाई शनिबार इटहरीमा एक कार्यक्रमको आयोजना गरि बिमा भुक्तानी एक करोड चार लाख रुपैयाँ हस्तान्तरण गरेको धनकुटा शाखा ब्रान्ड मेनेजर निसु सुब्बाले जानकारी दिनु भयाे ।
रकम बुझेपछि मृतककी श्रीमती मिङ्ममा चौधरीले धन्यवाद व्यक्त गरिन् । कम्पनीका डिसिइओ निराजन कडेँल, बिजनेस अफिसरद्वय गुणराज श्रेष्ठ, सुर्यप्रकास गुप्ता,क्षेत्रीय प्रमुख जितेन्द्र सुवेदी लगायतबाट उक्त संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय